Nepali
श्रीमद भगवद गीता अध्यायहरू 2 श्लोकहरू 46
सांख्ययोग · श्लोक ४६
श्लोक ४६
यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके |
तावान्सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः ||२-४६||
अनुवाद
सबैतिर पानीले भरिएको जलाशय हुँदा मानिसको सानो पोखरीमा जति प्रयोजन हुन्छ, आत्मज्ञानी ब्राह्मणको सबै वेदमा त्यति नै प्रयोजन हुन्छ।